पाटन । गङ्गा सोनाम नेपाल आइडल सिजन–६ को विजेता भएकी छन् । आज साँझ ललितपुरमा भएको ‘ग्राण्ड फिनाले’मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता भएकी हुन् ।। विजेता सोनामले रु २५ लाख नगद पुरस्कार प्राप्त गरिन् । त्यसैगरी बविता थापामगर दोस्रो, दर्शना गान्धारी तेस्रो, अभिनय खाती चौथो र मिनल मानन्धर पाचौं भएकी छन् ।