काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) द्वारा आयोजित भेलामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको राजीनामा माग भएको छ । बिहीबार काठमाडौंमा आयोजित ‘बजेटमा सार्वजनिक टेक एन्ड पे पीपीएको प्रावधान विरुद्ध उर्जा उत्पादकहरुको भेला’ कार्यक्रममा अर्थमन्त्री र उर्जा मन्त्रीले यसअघि दिएको अभिप्यक्तिलाई लिएर पौडेलको राजीनामा माग गरिएको हो ।