बैतडी । उद्योग, वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले सीमावर्ती क्षेत्रका उद्यमीले स्वदेशी उत्पादन वृद्धि गर्दै भारत निर्यात गर्नुपर्नेमा जोड दिए । आज बैतडीको देहिमाडौँमा आयोजित इण्डो–नेपाल अन्तरराष्ट्रिय व्यापार मेला उद्घाटन गर्दै उनले उद्यमीलाई उत्पादन वृद्धि गरी निर्यातमा जोड दिन आग्रह गरे ।