काठमाडाैं । सन् २०२५ की मिस नेपाल लुना लुइँटेल बनेकी छन्। शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा लुइँटेल मिस नेपाल भएकी हुन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुइँटेलले ‘मिस नेपाल वर्ल्ड’ को उपाधि जितेकी हुन्। उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्।