इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि राजस्थान रोयल्स क्रिकेटको मुख्य प्रशिक्षक रहेका भारतका महान ब्याट्सम्यान राहुल द्रविडले सो पदबाट राजीनामा दिए । टोली व्यवस्थापनको संरचनागत समीक्षापछि ५२ वर्षीय द्रविडलाई ‘थप विशेष जिम्मेवारी’ को प्रस्ताव गरिएको भएपनि पूर्व भारतीय कप्तानले उक्त प्रस्ताव अस्वीकार गरिएको बताइएको छ ।