काठमाडौं । नेपाल एसबिआई बैंकले रुपन्देहीको श्री राम जानकी आधारभूत विद्यालयका विद्यार्थीको लागि खेलकुद सामग्री प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका, वडा नं – ४, मनौरा स्थित श्री राम जानकी अधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्मार्ट बोर्ड तथा खेलकुद सामग्री प्रदान गरेको हो ।