ज्योति विकास बैंकद्वारा रोल्पाको घर्तिगाउँ हेल्थ पोस्टलाई बेबी वार्मर मेसिन प्रदान

काठमाडौं । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको आवश्यकतालाई प्राथमिकता दिँदै रोल्पाको घर्तिगाउँ हेल्थ पोस्टमा बेबी वार्मर प्रदान गरेको छ । बैंकले नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ।