सानिमाको धन सञ्चय जीवन बीमा योजना व्यक्ति र परिवार दुवैका लागि फाइदाजनक

कठमाडौं । सानिमा रिलायन्स लाईफ इन्सोरेन्सले धन सञ्चय जीवन बीमा योजना ल्याएको छ । जसबाट नागरिकले बचतका साथै अन्य धेरै सुविधाहरू पाउन सक्ने कम्पनीले जनाएको छ । यस बीमा योजनाबाट आफूले सक्रिय आम्दानी गर्न नसक्ने समयमा समेत आर्थिक सुरक्षा पाउन सक्नेछन । योजना मार्फत बचत गरेको रकम केही वर्षपछि बोनससहित फिर्ता पाउनेछन् ।