काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफू अन्यायमा परेको गुनासो गर्दै न्याय माग गरेका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री लेखकले आफू भिजिट भिसा प्रकरणमा संलग्नता नरहेको भन्दै उल्टो न्याय पाउनुपर्ने माग गरेका हुन् । उनले आफूमाथि नियोजित रुपमा प्रहार भैरहेको उल्लेख गर्दै उनले भने, ‘मैले कसैका प्रति असम्मान गर्नु छैन ।