एक करोड बढी राजस्व छलीको आरोपमा सुन्दर प्लाईउड सेन्टरका प्रोप्राइटर आकाश अग्रहरी विरूद्द मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा रुपन्देहीको सुन्दर प्लाईउड सेन्टरका प्रोप्राइटर आकाश अग्रहरी विरुद्ध आज उच्च अदालतमा मुद्दा दायर गरेको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) बमोजिम एक करोड बढी कर छलीको आरोपमा मुद्दा दायर गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जानकारी दिए ।