काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । बुधबार जिल्ला अदालत, काठमाडौंले महरविरुद्ध विद्युतीय कसुरको आधारमा पक्राउ पुर्जी जारी गरेको थियो । साइबर ब्यूरोमा महरविरुद्ध एक पीडित महिलाले सामाजिक सञ्जालमार्फत चरित्रहत्या र गाली बेइज्जती गरेको उजुरी हुलाकमार्फत परेको थियो। सोही उजुरीको आधारमा महर भोटाहिटीबाट पक्राउ परेका हुन् ।