काठमाडौं । न्यू इनर्जी भेइकल (एनइभी) निर्माता लिपमोटरले आजसम्म कूल ९लाखको संख्यामा सवारी बेचेको घोषणा गरेको छ । उक्त उपलब्धिमूलक बिक्रीपछि कम्पनीको विश्वव्यापी विद्युतीय सवारी बजारमा मुख्य उपलब्धि हासिल गरेको जनाएको छ । लिपमोटरले यस वर्षको पहिलो छ महिनामा घरेलु तथा अन्तर्राष्ट्रिय दुवै बजारमा लोकप्रियता बढाएको कम्पनीको भनाइ छ ।