काठमाडौं । अब कुनै पनि लघुवित्त वित्तीय संस्थामा चुक्ता पुँजीको २५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका संस्थापक सेयरधनीले लाभांश पाउने छैनन्। नेपाल राष्ट्र बैंकले हालै ल्याएको ‘बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने कार्यविधि, २०८२’ मार्फत यस्तो व्यवस्था गरेको हो।