चीनमा हुने एसइओ शिखर सम्मेलनको तालिका सार्वजनिक, प्रधानमन्त्रीले चीनको राष्ट्रपति र उपराष्ट्रपति दुवैसँग भेट गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जाने कार्यतालिका सार्वजनिक भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली उक्त शिखर सम्मेलनमा भाग लिन यही भदौ १४ गते चीनतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।