पर्यटकीय गन्तव्य बन्दै ‘बिपी भ्यू पोइन्ट’

गलकोट (बागलुङ) ।गर्मी बढेसँगै बागलुङ नगरपालिका–१ राखरेखास्थित बिपी भ्यू पोइन्टमा आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । भिरालो जग्गामा रु ५१ लाख लगानी पश्चात सुन्दर पार्क र भ्यू पोइन्ट निर्माण गरेपछि आन्तरिक पर्यटक गर्मी छल्न यहाँ आउने गरेका हुन् । मध्यपहाडी लोकमार्ग नजिकै रहेकाले पनि यो गन्तव्य पर्यटकको रोजाइमा परेको हो ।