ब्लु ब्वाइज युनियनद्वारा दाईगाकु तथा सेन्मोन गाक्को प्रवेश तयारी सेमिनार कार्यक्रम आयोजना गरिँदै

ओसाका/जापान। आउदो वर्षको मार्च महिनामा जापानी भाषा स्कुल (निहोङ्गो गाक्को )सोचुग्योउ भई अप्रिल महिनाबाट (दाईगाकु)विश्वविद्यलय तथा भोकेस्नल कलेज  सेन्मोन गाक्को प्रवेश गर्ने तयारीमा रहेका नेपाली विद्यार्थीहरुलाई लक्षित गरि ब्लु ब्वाइज युनियन ओसाकाले जुन २८ तारिख एक कार्यक्रम आयोजना गर्ने भएको छ।