सिद्धार्थ बैंकका ग्राहकहरुलाई माया मनोरमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र माया मनोर बुटिक होटेलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । सम्झौता अनुसार काठमाडौंको हात्तीसारमा रहेको माया मनोर बुटिक होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।