काठमाडौं । भारतको प्रसिद्ध टायल कम्पनी कजारियाले नेपालमा आफ्नो उपस्थितिलाई मजबुत बनाउँदै बाराको जीतपुरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । हिमाल ट्रेडिङ्ग द्वारा सञ्चालित उक्त शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ। शोरुमको उद्घाटन मधेश प्रदेशका पूर्व मन्त्री कृष्ण कुमार श्रेष्ठले रिबन काटेर गरेका थिए ।