विदेशीमैत्री हार्वर्डमा पढ्ने विद्यार्थी को हुन् भन्ने जान्न चाहान्छौं : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार हार्वर्डमा विदेशी विद्यार्थीहरूलाई रोक्ने आफ्नो प्रशासनको कदमको रक्षा गरेका छन् । हार्वर्डमा विदेशी विद्यार्थीमाथिको प्रतिबन्धलाई एक न्यायाधीशले निलम्बन गरेका थिए । विश्वविद्यालयले ट्रम्प प्रशासनको उक्त कार्यलाई गैरकानूनी भनेको थियो ।