काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। गभर्नर डा। विश्वनाथ पौडेलको नियुक्तिपछि आएको यो पहिलो समीक्षा हो, जसमा केही महत्त्वपूर्ण नीतिगत परिवर्तनहरू गरिएको छन्। समीक्षामा सबैभन्दा चर्चामा आएको निर्णय भनेको सेयर धितो कर्जासम्बन्धी जोखिम भारलाई घटाउने हो।