काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अर्थतन्त्र र बैंकहरुको अवस्था हेरेर लोन टु भ्याल्यु रेसियो (एलटिपी) रेसियो निर्धारण गरिने बताएका छन् । नबिहीबार ‘कर्जा नीतिमा स्थिरताः अटोमोबाइल बजारको दीर्घकालीन विकासको आधार’ नामक अन्तक्रिया कार्यक्रममा उनले देशको अर्थतन्त्र विस्तारै राम्रो भइरहेकोले एलटिपि रेसियो बढाउन सकिने धारणा राखे ।