डुम्रे (तनहुँ) । नेपाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बेथितिको अन्त्यका लागि अनावश्यक बजेट बाड्ने पद्धती हटाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँद्वारा आज वीपी स्मृति भवन दमौलीमा आयोजित समसामयिक विषयमा अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले तल्लो तहदेखि माथि सम्म जिम्मेवारीमा रहेका नेतृत्व तह सुधारिन आवश्यक रहेको बताए ।