नेपाल मोबिलिटी एक्स्पो साउन २१ गतेदेखि आयोजना हुँदै

काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघले पहिलो पटक ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ। आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोको स्टल बुकिङ भने बन्द र्भैसकेको संघले घोषणा गरेको छ।