काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले लुम्बिनी प्रदेशको बाँके जिल्लास्थित कोहलपुर नगरपालिका–११ मा कोहलपुरको दुदुवा र रोहिणी नदीको संगममा निर्माणाधीन शव दाह गृहका लागि आर्थिक सहयोग गरेको हो ।