सम्झौता गरेअनुरूप सतप्रतिशत कार्यसम्पादनमा जोड दिनुहोस्: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, भदौ ३ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा गरिएका कार्यसम्पादन सम्झौताहरू सतप्रतिशत सम्पन्न गर्न निर्देशनात्मक सुझाव दिनुभएको छ।