नेपाल बैंकका ग्राहक कर्मचारीले ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट पाउने

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र रिट्रिट प्रा.लि.बीच सेवाशुल्क छुट गर्नेगरी सम्झौता भएको छ । नेपाल बैंकमा कार्यरत कर्मचारी र उनीहरुका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई मकवानपुर जिल्लाको थाहा नगरपालिका–१३ बज्रबाराही स्थित रिसोर्ट ओम अध्याय रिट्रिट प्रा.लिमा सेवा लिँदा शुल्कमा विशेष छुट प्रदान गर्ने गरी सम्बन्धी सम्झौता भएको हो ।