काठमाडाैं । साताको मंगलबार दिन नेप्से परिसूचक ६.५१ अंकले बढेर २ हजार ७६.९० विन्दुमा आइपुगेको छ । नेप्से सूचकमा आएको एकपछि गिरावटले तीन सातामै नेप्से सूचक करिब ३ सय अंकले घटेको बजारमा लगानीकर्ता अहिले पनि ढुक्क भएर लगानी गर्न चाहिरहेका छैनन् । मौद्रिक नीतिपछि केही उकासिएको बजारले पूर्णरुपमा लय समात्न सकेको देखिन्न ।