पाँचबुँदे आह्वान जारी गर्दै सकियो हिन्दूकुश हिमालय सांसद सम्मेलन

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा नेपालमा पहिलोपटक भएको हिन्दूकुश हिमालय क्षेत्रका मुलुकका सांसदको सम्मेलन पाँचबुँदे आह्वान जारी गर्दै सम्पन्न भएको छ । ‘प्रकृतिको संरक्षण, जनताको सशक्तीकरण’ भन्ने मूल नाराका साथ सोमबारदेखि सुरु भएको दुईदिने सम्मेलन आज सम्पन्न भएको हो ।