बीवाईडीले सार्वजनिक गर्‍यो एट्टो–२, नबिल बैंकमार्फत गाडी खरिद गर्नेलाई ७ वर्षसम्म स्थिर ब्याजदरमा ऋण सुविधा

काठमाडौं । विद्युतीय सवारी साधन निर्माता बिवाइडीले नाडा अटो शो २०२५ मा नयाँ कम्प्याक्ट एसयुभी एट्टो–२ सार्वजनिक गरेको छ । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले एट्टो–२ नेपाली बजारमा सार्वजनिक गरेको हो । बीवाइडी सार्वजनिकपछि प्रबन्ध निर्देशक यमुना श्रेष्ठले एट्टो–२ कम्पनीको लोकप्रिय मोडल डल्फिन र एटो थ्रीको बिचको सेग्मेन्टमा राखिएको जानकारी दिइन ।