रुस द्वारा एक हप्तामा युक्रेनको डोनेट्स्क क्षेत्रमा थप ७ बस्तीहरू कब्जा

काठमाडौं । रुसको सेनाले गएको एक हप्तामा डोनेट्स्क क्षेत्रमा थप सात बस्तीहरू कब्जा गरेको छ । यद्यपी, युक्रेनले समेत रुसका प्रमुख केन्द्रहरुमा आक्रमण गरेको जनाएको छ । रुसी रक्षा मन्त्रालयले रिपोर्ट गरेको छ कि अगस्ट ९ देखि १५ सम्म, उसको सेनाले युक्रेनी रक्षा उद्योग साइटहरू र सैन्य सुविधाहरू विरुद्ध आक्रमण गरेको छ ।