भैरहवा कारागारमा रविको १२६ दिनः थुनिएको कोठाको भित्तामा लेखेँ‘अन्याय विरुद्ध लड्न धेरै मानिसहरु कृष्ण जस्तै बन्नुपर्नेछ।’

काठमाडाैं । भैरहवा कारागारमा १२६ दिन बिताएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अहिले बुद्ध एयरको उडानमार्फत काठमाडौँ लगिएको छ। कारागारबाट काठमाडौँ प्रस्थान गर्नु अघि पार्टी उपसभापति स्वर्णिम वाग्लेसँग भएको संक्षिप्त भेटका अनुसार १२६ दिन थुनिएको रविले कोठाको भित्तामा  लेखेका छन्, ‘यो युगमा अब कृष्णहरू जन्मने छैनन्। तर अन्यायसँग लड्न धेरै मानिसहरू कृष्णजस्तै बन्नुपर्नेछ।