काठमाडौं । कुमारी बैंक लिमिटेड र इन्द्रप्रस्थ अपोलो अस्पताल (इन्द्रप्रस्थ मेडिकल कर्पाेरेशन लिमिटेड) नयाँ दिल्लीबीच सेवा सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकलाई उक्त अस्पतालबाट प्रदान गरिने स्वस्थ्य सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने सेवाहरुमा कुमारीका ग्राहकलाई अधिकतम १०% सम्मको विशेष छुट प्राप्त हुनेछ ।