टप एण्ड टी–२० सिरिजको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित

काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग पराजित भएको छ । नर्दन टेरिटोरीमा भएको खेलमा नेपाललाई एनटीले ४२ रनले हराएको हो । एनटीले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३५ रनमै समेटियो ।