भन्सार विभाग महानिर्देशक महेश भट्टराईसहित १२ जनाको सरुवा, को कहाँ पुगे ? (सूचिसहित)

काठमाडौं । सरकारले १२ जना सहसचिवसहितको सरुवा गरेको छ । विभिन्न निकायका पाँच जना सहसचिवसहित भन्सार विभाग, महानिर्देशक, वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक, ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकको सरुवा गरेको हो ।