काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा.लिले पोखरामा नयाँ बीवाईडी शोरूम सञ्चालनमा ल्याएको छ । सोही अवसरमा गण्डकी प्रदेशको पोखरामा बीवाईडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’को सार्वजनिक गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शोरुमको उदघाटन गरेका हुन् ।