पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भएपछि पेट्रोलको मूल्य प्रतिलिटर  १.३३ ले बढाएर डिजेल-मट्टितेलको मूल्य प्रतिलिटर १.२७ ले घटाएर लागू गर्ने निर्णय भएको हो।