मलको माग १३ लाख टन, सरकारको आपूर्ती योजना आधा भन्दा कम

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वार्षिक करिब १३ लाख टन मल आवश्यक रहेको बताएका छन्। तर, उनले चालु आव मा छ लाख टन मात्रै आपूर्ति गर्ने सरकारको योजना रहेको सुनाए ।