नयाँदिल्ली । मधेश प्रदेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ कार्यक्रमका संयोजक विकाश कुमार ठाकुरले मधेशको धार्मिक पर्यटन प्रवद्र्धनका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई ज्ञापनपत्र बुझाएका छन् । उनले बिहीबार नयाँदिल्लीस्थित मन्त्रालयमा मन्त्री सिंहलाई भेटेर १० बुँदे ज्ञापनपत्र बुझाएका हुन् । सो अवसरमा कांग्रेस नेता एवं पूर्वसांसद अभिषेकप्रताप शाह पनि उपस्थित थिए ।