‘ब्रह्माण्ड सोचेभन्दा छिटो मर्दैछ’

काठमाडौं । डच वैज्ञानिकहरूको नयाँ अनुसन्धान अनुसार ब्रह्माण्ड पहिले सोचेभन्दा धेरै छिटो अन्त्य हुने अवस्थामा छ । तर आत्तिनुपर्ने ठूलो आवश्यकता छैन । यो घटना हुन १० को पावर, अझै ७८ वर्ष बाँकी छ । अर्थात् एक अङ्कको पछाडि ७८ वटा शून्य ।