बनियानी । झापाको बाह्रदशी गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीले केराखेतीमा क्षति पुर्याएको छ। आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बाह्रदशी–७ स्थित बत्तीसबिघेमा स्थानीयवासीले ३० बिघामा लगाएको केराखेती पूर्ण रुपमा नष्ट भएको हो । जसबाट किसानलाई करिब ५१ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।