लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले संयम र शान्तिको कामना गरेपछि भारत र पाकिस्तानबीच लडाइँ रोकिएको बताएका छन् । बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले युद्धमा जान नदिन आफूहरूले गरेको आग्रह सुनुवाइ भएको भन्दै खुशी व्यक्त मात्र गरेनन् उनले भारत र पाकिस्तानले युद्ध हुन नदिन संयमता अपनाएको प्रति धन्यवाद दिएका छन्।