माउन्ट एभरेष्ट डिष्टिलरीले आईपीओ जारी गर्ने, सिद्धार्थ क्यापिटल बन्यो बिक्री प्रबन्धक

काठमाडौं । माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी थालेको छ । सोही प्रयोजनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । कम्पनीले कुल १२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणतर्फ निष्काशन गर्न लागेको हो ।