मकवानपुर । बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन पेस गरेका छन् । प्रदेशसभाको विशेष समयमा प्रदेशसभा सदस्यहरूले विभिन्न राष्ट्रिय सरोकारका विषयमा उठाउनुभएका प्रश्नहरूको उत्तरमा मुख्यमन्त्री बानियाँले भ्रष्टाचारमुक्त प्रदेश बनाउने, आफूले जनतासमक्ष झुठा आश्वासन नदिने र प्रचारमुखी नभइ परिणाममुखी हुने प्रतिबद्धता व्यक्त गरे ।