महायज्ञबाट चार करोड ७४ लाख सङ्कलन

कैलाली । मानवसेवा आश्रमले ‘श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ(२०८१’ बाट रु चार करोड ७४ लाख ३० हजार चार सय ३५ सङ्कलन गरेको छ । आश्रमको कैलाली शाखाले गत वर्ष २०८१ माघ २३ देखि ३० गतेसम्म धनगढीमा आयोजना गरेको महायज्ञबाट उक्त रकम सङ्कलन गरेको हो । आश्रमले आज धनगढीमा आयव्यय विवरण सार्वजनिक गरेको हो ।