दमौली (तनहुँ) । जिल्लाका व्यास नगरपालिका–१० दुम्सीचौरमा निर्माण गर्न लागिएको नारेश्वरतालको बाँध र सिँचाइ ट्याङ्की अन्तिम चरणमा पुगेको छ । पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले गौरवको आयोजनाका रूपमा राखेको नारेश्वर तालमा माटो फाली पानी भर्ने तयारी गरिएको हो ।