काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिव र सो अन्तर्गतका विभागका प्रमुखसँग छलफल गरिएको छ । शुक्रबार बसेको लेखा समितिमा बेरुजुको आयतन उच्च भएका मन्त्रालयका सचिव र विभागका प्रमुखसँग छलफल गरिएको हो । बैठकमा महालेखापरीक्षक तोयम रायले हरेक मन्त्रालयमा बेरुजु प्रतिवेदन बुझाइसकेको जानकारी दिए ।