नाफा बुक गर्ने लगानीकर्ताहरुको होडले किनबेचमा चाप पर्दा घट्यो नेप्से

काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यो दिन नेप्से परिसूचक १२.०४अंकले घटेर २ हजार ६६१.६४ विन्दुमा बन्द भएको हो । बिहीबार १५० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ९६ वटा कम्पनीको शेयर मूल्य बढेको छ ।