काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पेको सहकार्यमा नविनतम ‘अन्तर बैंक स्क्यान टु क्यास’ सेवाको सुरुवात गरेको छ । महालक्ष्मी नेपालमा उक्त सेवा सुरु गर्ने पहिलो विकास बैंक बनेको छ । यस अन्तर्गत ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग एप मार्फत टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर सजिलै नगद झिक्न सक्नेछन् ।