काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लगानीमा स्थापना भएको ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ले आफ्नो औपचारिक सुरुवात गरेको छ। एक विशेष कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रविन रमण पराजुलीले लगानी विविधिकरण नेपाली जीवन बीमा क्षेत्रका लागि नयाँ सम्भावना र अवसरको प्रस्थानबिन्दु भएको उल्लेख गरे।