बीवाईडीको ‘मेगा एक्सचेन्ज क्याम्पेन’ सुरु, पुराना गाडी साटेर नयाँ ईभी लिने सुनौलो अवसर

काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले देशव्यापी ‘बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेन’को घोषणा गरेको छ। आजदेखि सुरु भएको चार दिने उक्त अभियान ( वैशाख २४ देखि २७ )गतेसम्म सञ्चालन हुनेछ। यस विशेष एक्सचेन्ज अफर अन्तर्गत ग्राहकले जुनसुकै ब्रान्ड वा मोडलको पुरानो गाडी साटेर बीवाईडी एट्टो ३, डल्फिन वा एम–६ मोडेल लिने अवसर पाउनेछन्।